प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तालमेलमा राप्रपा पनि फस्दै

533
shares

 

काठमाडौ । पाँच दलीय गठबन्धनले यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेपनि कतिपय स्थानीय तहमा तालमेल हुन सकेको छैन ।
पाँच दलीय गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मिलेर तालमेल गरेका भएपनि कतिपय स्थानीय तहरुमा गठबन्धन रहेको दलहरुले नै गठबन्धन नरहेका दलहरुसँग तालमेल गरेका छन् ।
त्यसरी तालमेल गर्नुको एउटै उदेश्य हो जसरी भएपनि नेकपा एमालेलाई एकल्याउनु । विश्वका कुनै पनि मुलुकहरुमा सबै राजनीतिक दलहरु एक भएर एउटा दललाई एक्ल्याउने गरेको इतिहास सायदै होला ।
कतिपय स्थानीय तहमा आ आफ्नो स्वार्थ अनुसारको तालमेल भएका छन् । झापाको दमक नगरपालिकामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राप्रपाबीचमा तालमेल भएको छ ।
दमक नगरपालिका नेकपा एमालेलका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र समेत रहेको र त्यही नेकपा एमालेको प्रभाव बढि रहेकाले गर्दा संघीय संसदको निर्वाचनलाई समेत हेरेर उनीहरुले गठबन्धन गरेका छन् ।
दमक नगरपालिका राप्रपाको राम्रो प्रभाव रहेको र राप्रपाको सहयोग विना नेकपा एमालेलाई पराजित गर्न नसकिने ठहर गरेर कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले राप्रपासँग गठबन्धन गरेर राप्रपालाई मेयर पद दिएका छन् ।
त्यसैगरी कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेनको निर्वाचन क्षेत्रको कचनकलव गाउँपालिकामा कांग्रेस, माओवादी र एमालेले गठबन्धन गरेर राप्रपाका अध्यक्ष लिङ्देनलाई संघीय संसदको निर्वाचनमा पराजित गराउने रणनीति लिएका छन् ।
कवचकवल गाउँपालिका राप्रपाको बलियो आधार रहेकोले राप्रपालाई हराउनैका लागि तालमेल गरेका छन् । बलियो शक्तिलाई हराएर स्थानीय तहको मात्र होइन संघीय संसदको निर्वाचनमा सुरक्षित बन्न सिटौला र ओलीले यस्तो रणनीति लिएका हुन् ।
गठबन्धन भनेको समान विचार र सिद्धान्त मिल्नेहरुसँग हुनुपर्दछ । तर हामीकहाँ भने पाँच दलीय गठबन्धनमै रहेका दलहरुको विचार र सिद्धान्त नै मिल्दैन कतिपय स्थानीय तहमा कांग्रेस र एमालेको गठबन्धन बनेको छ भने कतिपय स्थानीय तहमा कांग्रेस, माओवादी र नेकपा एमालेको तालमेल भएको छ ।
यसरी विचार र सिद्धान्तलाई रद्दीको टोकरीमा फालेर गरिएको तालमेलले गर्दा निर्वाचन त जितिएला तर राजनीतिक दलहरुको वजन घट्ने पक्का पक्की रहेको छ । राप्रपाले कांग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीसँग गठबन्धन गर्नु आफ्नै लागि आत्महत्याको बाटो रोज्नु बाहेक अन्य केही हुन सक्दैन ।
राजनीतिक दलहरु सत्तामा पुग्नलाई मात्र सफलता मान्न सकिँदैन । राजनीतिक दलहरुले जनताको मन जित्न सक्नु नै उनीहरुको सफलता हो भने सिद्धान्तलाई हाम्रा राजनीतिक दलहरुले स्वीकार गर्न नसकेको हुनाले जोसँग जहाँ पनि तालमेल गरेर जनताको नजरमा उनीहरु गिरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports