प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै प्रधानमन्त्री र मन्त्रीहरु

676
shares

काठमाडौ । स्थानीय तहको निर्वाचन आउन एक हप्ता बाँकी रहँदा सबै राजनीतिक दलहरुले र स्वतन्त्र उम्मेदवारहरुले चुनावी चहलपहललाई बढाएका छन् ।
राजनीतिक दलहरुले दिनहुँ जसो ठुला साना सभाहरु गरिरहेका छन् । त्यस्तो सभाहरुमा प्रधानमन्त्री शेर बहादुर देउवा नै सत्ता गठबन्धनको उम्मेदवारहरुलाई मत मागिरहेका छन् ।
निर्वाचन आयोगले तयार पारेको र सबै राजनीतिक दलहरुले निर्वाचन आचारसंहितालाई स्वीकार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको छ ।
निर्वाचन आचारसंहितालाई कडाईका साथ पालना गराउनुपर्ने दायित्व सरकारको भएपनि स्वयम् प्रधानमन्त्री र मन्त्रीहरु चुनावी सभालाई सम्बोधन गरिरहेका छन् ।
प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकोप्टर लिएर बुधबार विराटनगरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागि भएको थिए भने त्यसै दिन बेलुका सोही हेलिकोप्टर लिएर उनी चितवनको भरतपुरमा पुगेका थिए ।
भरतपुर महानरपालिकाको मेयर पदमा पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल सत्ता गठबन्धनको साझा उम्मेदवार रहेकी र उनलाई जिताउनै पर्ने बाध्यता देउवालाई भएकाले गर्दा हिजो उनले भरतपुरमा आयोजित सभालाई समेत सम्बोधन गरेका छन् ।
सत्ता गठबन्धनले ६ वटा महानगर काठमाडौ, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र विरगञ्ज महानगरपालिका भागवण्डा गरेर काठमाडौ ललितपुर र विराटनगर कांग्रेसलाई पोखरा महानगरपालिका नेकपा एसलाई भरतपुर महानगरपालिका माओवादी केन्द्र र विरगञ्ज महानगरपालिका जनता समाजवादीलाई भागवण्डा लगाएको थियो । ६ वटा महानगर मध्येको भरतपुर महानगरपालिका अहिले सत्ता गठबन्धनको लागि दाहालपुत्री रेणुलाई जिताउन फलामको च्यूरा चपाउनु सरह भएको छ । त्यही कारणले गर्दा सत्ता गठबन्धनका प्रायः सबै शिर्ष नेताहरु भरतपुर पुग्ने गरेका छन् ।
नेपाली कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भरतपुर महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएपछि पौडेलको उम्मेदवारी कांग्रेसको लागि घाँडो भएको छ ।
पौडेललाई उम्मेदवारी फिर्ता गराउन ठुलो प्रयास भएपनि उनले आफ्नो उम्मेदवारी कायम राखेका हुनाले स्वयम् प्रधानमन्त्री एवं पार्टी सभापति नै भरतपुरमा बास बस्न पुगेर पौडेलको उम्मेदवारी निस्क्रिय गराउन जोडबल गरेका भएपनि पौडेलले त्यसलाई अस्वीकार गरेका हुनाले पौडेलको उम्मेदवारी कांग्रेस र सत्ता गठबन्धनको घटक माओवादी केन्द्रलाई घाँडो सावित भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालकी छोरी नै उम्मेदवार रहेकी र उनी पराजित हुनु परेको खण्डमा माओवादी केन्द्रले कुनै महानगरमा पनि नेतृत्व नपाउने भएकाले अहिले सरकार र सत्ता गठबन्धनको सम्पूर्ण ध्यान भरतपुरमै एकीकृत भएको छ ।
भरतपुरका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले निकै पहिला देखि नै भरतपुर महानगरपालिका कांग्रेसले पाउनुपर्ने माग गरेका र कांग्रेस जिल्ला कार्यसमितिले समेत एक स्वरमा निर्णय गर्दै भरतपुर महानगरपालिका कांग्रेसको भागमा पार्न सभापति देउवाको ध्यानाकर्षण गराएको भएपनि उनीहरु असफल भएका थिए ।
त्यही कारणले गर्दा कांग्रेसका पुराना नेताहरुको सहयोग र समर्थनमा पौडेलले मेयर पदमा उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र पनि त्यही रहेको र आफ्नी छोरी मेयर पदमा पराजित हुनु परेको खण्डमा संघीय संसदको निर्वाचनमा आफू पनि पराजित हुन सक्ने भयले गर्दा अध्यक्ष दाहालले समेत सम्पूर्ण शक्ति लगाएर भएपनि छोरीलाई जिताउनै पर्ने बाध्यता आफूलाई रहेको बताउँदै आएका छन् ।
चितवनका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा आफुहरुले माअ‍ोवादी केन्द्रकी उम्मेदवारलाई सहयोग गरेको तर यस पटक उनलाई सहयोग गर्न नसकिने अभिव्यक्ति दिँदै आएका हुनाले प्रधानमन्त्री सहित मन्त्रीहरु चितवनमै बास बसेर जसरी हुन्छ रेणु दाहाललाई जिताउने रणनीतिमा लागेका छन् ।
२०७४ को निर्वाचनमा पनि मतपत्र खाएकै कारण रेणुले जित हात पारेकी थिएन् । अहिले भरतपुर महानगर पालिकामा नेकपा एमाले र राप्रपाले तालमेल गरेर उम्मेदवार खडा गरेका छन् ।
राप्रपाका प्रभावशाली नेता विक्रम पाण्डेको निर्वाचन क्षेत्र समेत त्यही रहेको हुनाले संघीय संसदको निर्वाचनमा विक्रम पाण्डे नै उम्मेदवार हुने प्रायः निश्चित रहेकोले गर्दा पुष्पकमल दाहालमाथि संकट आउने डरले गर्दा मेयर पदमा छोरीको जित दाहालको लागि जीवन मरणको सवाल भएको छ ।
निर्वाचन आउन एक हप्तामात्र बाँकी रहँदाको अवस्थामा भरतपुरमा नेकपा एमाले र राप्रपाको गठबन्धनले आफ्नो जित सुनिश्चित गरी सकेको जस्तो देखिएको छ । कांग्रेसका बागी उम्मेदवारको पक्षमा कांग्रेसकै मत जाने भएकाले गर्दा त्यो मतलाई पौडेलको पक्षमा जान नदिन सरकारी स्तरबाटै सबै प्रयास हुँदै आएको छ ।
पौडेलको उम्मेदवारी निस्क्रिय पार्न सकिएको खण्डमा आफ्नो जित हुन सक्ने आंकलन दाहाल पक्षले गरेको हुनाले त्यसलाई बल पु¥याउन पार्टी सभापति एवं प्रधानमन्त्री सक्रिय भएका छन् ।
सभापति देउवाले सरकारी स्रोत र साधनको दुरुपयोग गरेको भन्दै निर्वाचन कार्यालय चितवनमा उजुरी समेत परेको छ । रेणु दाहालको जित हारले गर्दा सत्ता गठबन्धनको भविष्य जित हारमै भरपर्ने प्रायः निश्चित जस्तै रहेको छ । रेणुले पराजित हुनु परेको खण्डमा सत्ता गठबन्धन टुट्न सक्ने आंकलन समेत गर्न थालिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports