विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा र प्रचण्डको चाउरे पिरती केही दिनमा नै अंगभंग हुन्छ : एमाले नेता पाण्डे

559
shares

चितवन ।नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘प्रेम’ धेरै समय नटिक्ने दावी गरेका छन् ।

आइतबार नेकपा एमालेले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले देउवा र प्रचण्ड बीच रहेको ‘प्रेम’ लाई चाउरे पिरतीको संज्ञा दिए । ‘केही दिनअघि भरतपुरमा गरिएको भाषण सुनेँ । शेरबहादुर देउवाजीले भन्नुभएछ, मेरो जोडले पो मेयरको उम्मेदवार रेनुजीलाई दिएको प्रचण्डजी त नाइ भन्दै हुनुहुन्थ्यो, कति प्यारो प्रेम बसेछ प्रचण्डजी माथि’ उनले भने ।

उपाध्यक्ष पाण्डेले अघि भने, ‘यहाँलाई म भन्न चाहन्छु शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो प्रेम छ, ज्यादै कमजोर प्रेम छ भन्ने कुरा धेरै पर जानुपर्दैन होला । यहाँहरुले अहिले नक्कली पिरती देखाउनुभएको छ, यो चाउरे पिरती केही दिनमा नै अंगभंग हुनेवाला छ ।’

उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री पत्नी आरजु राणाले आफूहरुले हारेको ठाउँमा बजेट नदिने भनी टिप्पणी गरेको भन्दै विरोध जनाए । उनले भने, ‘आज पनि राणाशासन गएको छैन कि भन्ने भान उहाँमा रहेछ ।’

उपाध्यक्ष पाण्डेले अघि भने, ‘तपाईंको गोजीको पैसा होइन, प्रधानमन्त्री पत्नीज्यू नेपाली जनताले कर तिरेर ढुकुटीमा जम्मा गरेको पैसा हो, सबै पैसाको पाइ पाइ हिसाब हुन्छ नेपाली जनता भ्रममा छन् भन्ने नठान्नुहोला ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports