विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डले मतदातालाई धम्की दिएको होइन, सचेत गराउनुभएको हो : रेनु दाहाल

520
shares

चितवन ।नेकपा माओवादी केन्द्रकी नेता एवं भरतपुर महानगरपालिका प्रमुखकी उम्मेदवार रेनु दाहालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई धम्की नदिएको प्रष्टीकरण दिएकी छन् । आइतबार घरदैलोका क्रममा प्रचण्डको अभिव्यक्ति बारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘उहाँले त्यसरी भन्न खोज्नु भएको होइन । त्यसलाई गतल अर्थ लगाइयो । त्यसलाई अलि अपव्याख्या गरियो । उहाँले एकदम सकरात्मक सोचका साथ भन्न खोज्नु भएको हो ।’

२२ वैशाखमा चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त आमसभामा प्रचण्डले रेनु दाहालको टिमलाई नजिताए देश गम्भीर दुर्घटनामा पर्ने अभिव्यक्ति दिएका थिए । कतिपयले मतदातालाई धम्की दिएको भन्दै यसको आलोचना गरिरहेका छन् । अहिलेको सत्ता गठबन्धन संविधान जोगाउने मर्मका साथ बनेको भन्दै त्यसमा दायाँ–बायाँ भए देश दुर्घटनामा जाने भनेर सचेत मात्रै गराएको रेनुको भनाइ छ ।

‘देश दुर्घटनामा जान खोज्दै थियो, केपी ओलीको ज्यादती र पटक–पटककको प्रतिगमन अनि हामीले यत्रो लडेर ल्याएको संविधान रक्षा गर्नुपर्ने दायित्व थियो,’ उनको भनाइ छ, ‘यही मर्म अनुसार यो गठबन्धन भएको छ । दायाँ–बायाँ भयो भने देश दुर्घटनामा जान्छ है भनेर उहाँले सचेत गराउनुभएको मात्रै हो । यो उहाँको एकदम सकरात्मक र राष्ट्रप्रेमपूर्ण भावनालाई अपव्याख्या गरेको कुरा मात्रै हो ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports