पोखरामा अध्यक्ष ओलीले भने यो गठबन्धन कलंक हो
वि.सं.२०७९ वैशाख २६ सोमवार १५:०५
shares

पोखरा ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबबन्धन झाडीमा जन्मिएको टिप्पणी गरेका छन् । सोमबार पोखरामा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उनले सत्तारुढ गठबन्धन कसले जन्मायो भन्ने नखुलेको बताए ।
‘यो झाडीमा जन्मिएको गठबन्धन हो, परमादेश बाट आएको गठबन्धन हो, कसले फालेको हो थाहा छैन’ उनले भने, ‘यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन ।’ उनले सत्तारुढ गठबन्धन देशकै कलंक भएको बताए । ओलीले वैशाख ३० देखि हामीले जनताको तागत देखाउन सुरु गर्ने पनि बताए ।
ओलीको भनाइ :
‘मैले भनिरहनुपर्छ जस्तो लाग्दैन । …यो पाँच दलीय गठबन्धनजस्तो यो देशको कलंक, संविधानको कलंक, लोकतन्त्रको कलंक, सरकारका नामको कलंक । संसदमा सरकार जन्मिन्छ, संसदले सरकार चाहन्छ । यो झाडीमा जन्मिएको गठबन्धन, परमादेश बाट आएको गठबन्धन, यो कसले फालेको हो थाहा छैन । कहाँ बाट पैदा भएको ? यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन । जनताले त यसलाई साथ दिँदै दिदैन ।’



































