विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिका वडा न ३२ मा कांग्रेस, माओवादी र एस समाजबादीको गठबन्धन

572
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाको वडा नं. ३२ मा सत्ता गठबन्धनका प्रमुख तीन दलले चुनावमा सहकार्य गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सहकार्य गर्ने निर्णय गरेका हुन् ।

अब वडाध्यक्षकी उम्मेदवार एकीकृत समाजवादीकी सीता कँडेल पराजुली सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बनेकी छन् । त्यस्तै महिला सदस्यकी उम्मेदवार एकीकृत समाजवादीकी सरिता खनाल, खुला सदस्यमा नेपाली कांग्रेसका सुवास रिमाल र रुद्रकुमार लाकौल गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।

कांग्रेस वडा सभापति सुभास चन्द्र पराजुली, माओवादी केन्द्रका संयोजक रामसुन्दर श्रेष्ठ र एकीकृत समाजवादीकी वडाध्यक्ष सीता कँडेल (पराजुली)ले चुनावी तालमेल सम्बन्धी प्रतिबद्धतामा सोमबार हस्ताक्षर गरेका छन् ।

‘…यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक आन्दोलन र आन्दोलनका उपलब्धिहरुको रक्षा गर्ने दलहरु बीच केन्द्र देखि स्थानीय तह सम्म गठबन्धन गर्ने सहमति अनुसार हामीले यस वडा नं. ३२ मा सदभावपूर्ण सहकार्यका साथ अगाडि बढ्ने निर्णय गरेका छौं ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports