विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज राति देखि अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा बन्द

611
shares

काठमाडौं ।आज मंगलबार राति देखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा सम्मका लागि बन्द हुने भएका छन् । स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यराति देखि मतदान हुने दिनसम्म सीमा बाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

मतदानको दिन भन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई आज मध्यराति देखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले सीमा नाका बन्द भएको सूचना जारी गर्नेछन् ।

नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारत तर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थल सम्म पुग्ने र विदेश बाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी सँग समन्वय गरेर गन्तव्य सम्म पुग्न सहजीकरण गर्दछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports