सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस नेकपालाई एकजुट हुन नदिने रणनीतिमा

494
shares

काठमाडौ । संघीय संसदको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केही समय पहिला संघीय संसदको बैठक बोलाउनुपर्ने भन्दै संसदको तेस्रो दल जनता समाजवादी पार्टीसँग समेत सामान्य छलफल गरेको थियो । नेपाली कांग्रेस नै आन्तरिक द्वन्द्वमा फसेका हुनाले जनता समाजवादी पार्टीले कांग्रेसले संसद बोलाउनेमा अडान लिएको खण्डमा उसलाई साथ दिने बताइरहेको भएपनि पछिल्लो समयमा नेकपाभित्रको आन्तरिक द्वन्द्व चर्किएको हुनाले नेपाली कांग्रेसले तत्काल संसद बोलाउन सत्ताधारी दललाई दबाब नदिने रणनीतिमा पुगेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल संसद बोलाउन सरकारलाई बाध्य नपार्ने रणनीतिमा पुगेका छन् ।

सभापति शेर बहादुर देउवाका अनुसार तत्काल संसदको अधिवेशन बोलाउन सरकारलाई दबाब दिँदा विभाजनको संघारमा पुगेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीलाई एकजुट हुन बल पुग्ने भएकाले संसद अधिवेशन बोलाउन नहुने विश्लेषण सभापति देउवाको रहेको छ । प्रतिपक्षी दलको भूमिका संसद र सडकमा कमजोर भएको आरोप खेपिरहेका सभापति देउवाले असोज ११ गत संसदको अधिवेशन बोलाउनुपर्ने एजेण्डा आफैँ अघि सारेका थिए । संसदको अविधेशन तत्काल बोलाउन संस्थापन पक्षीय पदाधिकारीहरुसँग देउवाले समावेदनको प्रक्रियाबाट संसदको अधिवेशन बोलाउने निर्णय तत्काल गराउन पार्टी बैठकमै एजेण्डा समेत लगेका थिए । त्यस बेला देउवाले संसदसँगै सडक संघर्षका कार्यक्रमहरु अघि बढाउनुपर्ने भन्दै त्यसै अनुरुपको कार्यक्रमहरु बनाउन निर्देशन दिएका भएपनि पछिल्लो राजनीतिक अवस्था र सत्ताधारी दलभित्र चर्किएको आन्तरिक द्वन्द्वलाई ध्यानमा राखेर अब तत्काल संसद अधिवेशन बोलाउनु नहुने पक्षमा कांग्रेस पुगेको छ । संसद अधिवेशन बोलाउन प्रतिनिधिसभाका एक चौथाई सदस्यको आवश्यकता पर्ने र कांग्रेससँग त्यति सदस्यहरु नभएकाले जनता समाजवादी पार्टीले उसलाई साथ दिने निर्णय गरेको थियो । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले समेत तत्काल संसद अधिवेशन बोलाउन सरकारलाई बाध्य पार्नुपर्ने बताएका थिए ।

पछिल्लो समयमा नेकपाभित्रको आन्तरिक द्वन्द्व र सरकार सञ्चालनमा एकलौटी गरेको आरोप लगाउँदै सत्ताधारी दलका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल समेतका नेताहरु प्रधानमन्त्री ओलीका विरुद्धमा एकजुट भएका र तत्काल संसदको अधिवेशन बोलाएको खण्डमा उनीहरु एकजुट हुन सक्ने भएकाले संसदको अधिवेशन बोलाउनु भनेको कम्युनिष्टहरुलाई एकजुट हुन सहयोग गर्नु नै हो भन्ने कांग्रेसले ठहर गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports