प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आन्तरिक द्वन्द्वको जड भागवण्डा नै

780
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्व एमालेका नेताहरुलाई एकजुट बनाउनका लागि पार्टीका वरिष्ठ नेता एवं पूर्व एमालेका महासचिव माधव नेपाललाई एकीकृत पार्टीको आउँदो चैत्रमा सम्पन्न हुने महाधिवेशनबाट अध्यक्ष बनाउने वा आउँदो निर्वाचन पछि प्रधानमन्त्री बनाउने आश्वासन नेता नेपाललाई दिनु भएको छ । पार्टी नेता नेपाल र प्रधानमन्त्री ओलीबीच पूर्व एमालेमै रहँदा पनि राम्रो सम्बन्ध कायम हुन नसकेको हुनाले एकीकृत पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पूर्व एमाले भित्र खेलेर पूर्व एमालेका नेताहरुलाई आफ्नो पक्षमा राखेर आउँदो महाधिवेशनमा अध्यक्ष हुने कसरतमा लागेका बेला प्रधानमन्त्री ओलीले नेता नेपाललाई त्यस्तो आश्वासन दिएपछि अहिले नेकपाभित्र बनेको समिकरण तोडिने सम्भावना बढेको छ ।

पछिल्लो समयमा पार्टीको सचिवालयमा र स्थायी समितिको बैठकमा नेता नेपाल समूह नै निर्णयक बनेको हुनाले दुवै अध्यक्षहरुले नेता नेपाल पक्षलाई आ आफ्नो पक्षमा पार्ने रणनीति लिएका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले नेता नेपाललाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर आफ्नो पक्षमा राखिरहने रणनीति लिएका हुनाले प्रधानमन्त्री ओलीले समेत एक पद रोज्न त्यस्तो आश्वासन दिएका हुन् । अहिले पार्टीका दुवै अध्यक्षहरु एकले अर्कोलाई विश्वास गर्न नसक्ने अवस्थामा पुगेको हुनाले नेता नेपाल पक्ष नै निर्णयक रहेको छ । अध्यक्षद्वय मिलेको बेला नेता नेपाललाई थाहै नदिई कतिपय निर्णयहरु उनीहरुले गर्ने गरेका थिए । नेता नेपालले पार्टी विधि, विधान र पद्दति अनुसार सञ्चालन हुनुपर्दछ भन्दै आफ्नो अडान कायम राखेका भएपनि उनले समेत पार्टीभित्र र सरकारद्वारा नियुक्ति हुने सम्वैधानिक पद, राजदूत, सचिव र अन्य राजनीतिक नियुक्तिमा भागवण्डा खोज्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा नेकपा एमाले ६० र माओवादी केन्द्रले ४० प्रतिशतको भागवण्डा गरेका भएपनि नेकपा एमालेभित्र रहेका गुट उपगुटका कारण एमालेले पाएको ६० प्रतिशत भित्र पनि ओली पक्ष र नेपाल पक्षमा भागवण्डा लगाइएको हुनाले पनि अहिले नेता नेपाल निर्णयक स्थानमा रहेका छन् । अहिले कायम रहेको मन्त्रिपरिषद्मा समेत नेपाल पक्षका केही मन्त्रीहरु रहेका छन् भने कतिपय राजनीतिक नियुक्तिमा समेत उनले भागवण्डा पाएका छन् । यसरी सरसर्ती हेर्दा नेपाल पक्षले ओली पक्षको विरोध भनेकै भागवण्डा नै नमिलेको हो भन्ने प्रष्ट देखिन्छ । मुलुकमा उत्पन्न भएका समस्या र कोरोना भाइरसका कारण जनताले पाएको सास्तीका बारेमा न त दाहालले नै कुरा उठाएका छन् न त नेपालले नै । यी दुवै कारणहरुले गर्दा प्रष्ट हुन्छ नेकपाको द्वन्द्व भागवण्डा नै नमिलेर हो भन्ने प्रष्ट हुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports