दाङमा पूर्वसामान्य प्रशासनमन्त्री बस्नेत सवार गाडी दुर्घटनामा, बस्नेत सहित १० जना घाइते
वि.सं.२०७९ वैशाख २९ बिहीवार १६:३४
shares

दाङ ।पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ ।सल्यान बाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेत सहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए ।
उनका अनुसार तुलसीपुर उपमहानगर-३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी पूर्वमन्त्री बस्नेतको टाउकोमा चोट लागेको छ । माओवादीका नेता एवं पुर्वमन्त्री बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङ बाट सल्यान तर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्स सँग ठोक्किदा दुर्घटना भएको थियो ।
घाइते बस्नेत सहित १० जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।





































