पाल्पाको निस्दीमा एमालेको क्लिन स्विप
वि.सं.२०७९ जेठ ३ मंगलवार ०७:०९
shares

पाल्पा। पाल्पाको निस्दी गाउँपालिकामा नेकपा (एमाले)ले क्लिन स्वीप गरेको छ । गाउँपालिकाको अध्यक्ष देखि सदस्य सम्म सबै पदमा एमाले निर्वाचित भएको हो । अध्यक्षमा एमालेका मुक्तबहादुर सारु ६ हजार ६ सय ५२ मत र उपाध्यक्षमा तीरनकुमारी श्रेष्ठ ६ हजार ६ सय ९ मत सहित निर्वाचित भएका छन् ।
सारुका प्रतिस्पर्धी कांग्रेसका गोविन्द अर्यालले ३ हजार ४ सय ६६ पाए । उपाध्यक्षका प्रतिस्पर्धी माओवादीका रामप्रसाद खत्रीले ८ सय ३० मत मात्र पाए ।
त्यसैगरी, निस्दीका सबै सात वटै वडामा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । सदस्य, महिला सदस्य र दलित सदस्यमा पनि एमाले विजयी भएको छ । एमालेले यो गाउँपालिकाका ३७ पदमा जित हात पारेको हो ।
७ वडाका अध्यक्षहरुः
१. यमबहादुर राना
२. फत्तेसिंह दर्लामी
३. नवीन्द्र थापा सोती
४. सन्तवीर सुनारी
५. दुर्गाबहादुर सोमै
६. मेखबहादुर सुनारी
७. मुक्तबहादुर पाटा




































