चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन
वि.सं.२०७९ जेठ ३ मंगलवार १४:४४
shares

काठमाडौं ।चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
मंगलबार सुनुवाइ सँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन ।
बाँकी प्रस्तावित १८ राजदूत विरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलि बुधबार बैठक बोलाइएको छ ।





































