विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तिलोत्तमा नगरपालिकामा एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै विरोध भएपछि गणना स्थगित

585
shares

बुटवल ।तिलोत्तमा नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा गणकहरुले बदमासी गरेर एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै विरोध भएपछि गणना स्थगित भएको छ । वडा नंं १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर र नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेपछि गणना स्थगित भएको हो ।

कांग्रेसका उम्मेदवारको १४१ मत आएकोलाई ११४ भनेर तथा एमाले उम्मेदवारको १६६ मत आएकोलाई १९६ भनेर अभिलेख राखेको पाइएको मतगणनास्थलमा खटिएका नेपाली कांग्रेसका प्रतिनिधि प्रकाश गौतमले बताए । ‘गणकहरुले सरासर बदमासी गरेको भेटिएपछि विरोध भएको हो,’ उनले भने, ‘धाँधली गर्ने कर्मचारी माथि छानबिन र कारबाही हुनुपर्छ ।’

निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले पनि अभिलेख राख्नेक्रममा त्रुटी भएको स्वीकार गरेका छन् । स्थगित मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

तिलोत्तमाको मेयरमा कांग्रेस–माओवादी गठबन्धनका रामकृष्ण खांण र एमालेका मोहन चापागाईं बीच तीव्र प्रतिस्पर्धा छ । वडा नंं. १ र १७ को मत गनिसक्दा १ मा एमाले र १७ मा कांग्रेस विजयी भएका छन् । तिलोत्तमामा १७ वटा वडाहरु छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports