प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकार जति समय बस्छ, समयको बर्बादी बाहेक केही हुने छैन : योगेश भट्टराई

533
shares

काठमाडौं ।नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकारलाई राज्य संयन्त्रले नपत्याएको बताएका छन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बारे बुधबार देखि सुरु भएको छलफलमा बोल्दै भट्टराईले यस्तो आरोप लगाएका हुन् ।

खासगरी अर्थमन्त्रीले हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्न दिएको निर्देशन मन्त्रालयहरुले नमानेको उल्लेख गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा कुनै अग्रगति र ज्यान–प्राण नभएको उनले बताए । समाजवाद उन्मुख अर्थतन्त्र बनाउने भनिएको भए पनि उनले सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा नराखी कसरी त्यो लक्ष्य भेटिन्छ भन्ने स्पष्ट नभएको उनले बताए । ‘अघिल्लो सरकारले ३९६ अस्पताल निर्माण गर्न बजेट छु्टयाएको थियो, अहिले सार्वजनिक शिक्षा र स्वास्थ्यको सबलीकरणको कार्यक्रम खै ?,’ उनले भने ।

वर्तमान सरकारको क्षमता र इच्छा शक्ति नै नभएको भन्दै उनले भने, ‘सरकार जति समय बस्छ, समयको बर्बादी बाहेक केही हुने छैन ।’ व्यापार घाटा डरलाग्दो भएको भन्दै यसको वैकल्पिक सिद्धान्त र प्राथमिकतामा नरहेको उनले बताए । अर्थतन्त्र बलियो बनाउने र विश्व अर्थतन्त्र सँग प्रतिस्पर्धी क्षमता राख्ने बनाउने कार्यक्रम नरहेको भन्दै उनले आलोचना गरे । वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो रहेको भन्दै सञ्चिति बनाउने र मुद्रास्फिति घटाउने विकल्प दिन नसकेको उनले बताए । यसले मुलुक असफल राष्ट्र हुन्छ की भन्ने चिन्ता बढेको भन्दै उनले भने, ‘पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण खाद्यान्न, औषधी सहितको मूल्य बढेको छ, यसको विकल्प खै ?’

बैंकमा तरलता नहुँदा लगानी योग्य आयोजना अन्यौलमा परेको उनले बताए । उद्योग धन्दा र व्यापार संकटमा परेको भन्दै उनले व्यापार व्यवसाय घट्दै रोजगारी सिर्जना नहुने र अर्थतन्त्र धरासायी हुने समेत भट्टराईको आरोप छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports