सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिजो गरेको गल्तीको क्षमा माग कांग्रेस

468
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकार विरुद्ध संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार मंसिर (२९) गते मुलुकभरमै विरोध सभा गरेको छ । कांग्रेसका नेताहरु ७७ वटै जिल्लामा पुगेर विरोध सभामा सहभागि भएका छन्, काठमाडौ उपत्यका लगायतका सबै ठाउँमा कांग्रेसका कार्यकर्ताहरु व्यापक उपस्थिति रहेको थियो । ओली नेतृत्वको सरकार गठन भएको ३ वर्षपछि कांग्रेसले सरकारको विरुद्धमा विरोध सभा गरेको हो । प्रमुख प्रतिपक्षी दलले सरकारले गरेका राम्रा कामको समर्थन गर्दै सरकारलाई सही ठाउँमा ल्याउने भन्दा पनि पार्टीगत स्वार्थका लागि मात्र विरोधसभा गरेको जस्तो देखिएको छ । मुलुक कोरोना भाइरसबाट आक्रान्त भएको बेला संसदको प्रमुख प्रतिपक्षी दलले विज्ञप्ति मात्र निकालेर आफ्नो जिम्मेवारी पूरा गर्दै आइरहेको बेला कांग्रेस विउझिएको छ । अर्थात कांग्रेस अब सपनाबाट विपनामा आएको जस्तो देखिएको छ ।

कांग्रेसका नेताहरुले पाँच वर्षसम्म शासन सञ्चालन गर्ने जिम्मेवारी पाएको कम्युनिष्ट नेतृत्वको सरकार उल्टो बाटोमा हिडेको आरोप लगाएका छन् । उनीहरुले कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद र ओली नेतृत्वको सरकारले जनताको विश्वासमाथि घात गरेको भन्दै प्रधानमन्त्री ओली लोकतन्त्रलाई कमजोर बनाउन लागि परेको बताएका छन् । मुलुकका दुई ठुला पार्टीहरु सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछिल्लो समयमा असफल सावित हुँदै गएका छन् । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ३ वर्षमा जति भूमिका खेल्नुपर्ने थियो त्यो भूमिका खेल्न सकेको देखिएको छैन । कांग्रेस पनि सत्ताधारी दलसँगै भागवण्डामै रुमलिएको थियो ।

विगतमा लामो समयसम्म नेपाली कांग्रेसले शासन सञ्चालन गर्दा अनेक विकृत्तिहरु मुलुकमा भित्र्याएको थियो । २०४६ सालको राजनीतिक परिवर्तन पछि सबैभन्दा बढी सत्ताको सञ्चालन गरेको कांग्रेसले मुलुकमा रहेका उद्योग धन्दाहरु निजिकरणको नाममा बेचेको थियो । २०४६ साल अघिसम्म अबौं नाफा कमाउने जनकपुर चरोट कारखाना हरिसिद्धी इट्टा टाइल कारखाना, बाँसबारी छालाजुत्ता कारखानना लगायत झण्डै १५ वटा कारखाना नेपाली कांग्रेस नेतृत्वकै सरकारले बेचेको थियो । अहिले कांग्रेसले सरकारको विरोध गर्दा हिजो आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका गल्ती र कमी कमजोरीका बारेमा जनतासँग क्षमा मागेको छैन । सत्ताको बागडोर आफ्नो हातबाट उम्किएपछि मात्र कांग्रेसले आँखा देख्ने गरेको सत्य वास्तविकता यहि हो ।

केही समयअघि देखि हिन्दुवादीहरुले मुलुकमा पुन राजनसंस्था स्थापना हुनुपर्ने र मुलुकलाई पुनः हिन्दु राज्य कायम गरिनुपर्ने भन्दै मुलुकभरमै विरोध गरिरहेको अवस्थामा त्यसलाई सरकारको कुशासनको उपज हो भन्नु कांग्रेसका नेताहरुको अल्पज्ञान मात्र हो । कांग्रेसकै नेतृत्वमा निर्माण भै लागु भएको संविधानले जनतालाई आफ्ना कुरा राख्न सक्ने, सभा सम्मेलन नारा, जुलुस गर्ने अधिकार दिएको छ । संविधानले राष्ट्र, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता बाहेक सबै कुरा परिवर्तनीय भनि स्वीकार गरेको अवस्थामा जनताले सडकमा उत्रिएर आफ्ना कुरा राख्न पाउनु जनताको नैसर्गिक अधिकार हो, त्यसलाई कांग्रेसले विरोध गर्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु सरहमात्र हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports