सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काम चलाउ सरकार कि फुलफ्रेज सरकार

676
shares

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि अहिलेको ओली सरकार काम चलाउन सरकार हो कि फुलफ्रेज सरकार हो भनेर चर्चा चल्न थालेको छ । ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्को बैठकमा प्रतिनिधिसभाको विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेनुसार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरिदिएकी छन् । प्रतिनिधिसभाको विघटन हुँदा राष्ट्रपतिबाट जारी भएको सूचनामा ओली सरकारलाई काम चलाउ सरकार नभनिएकोले गर्दा अहिलेको सरकारलाई फुलफ्रेज सरकार मानिएको छ । प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने र पहिला प्रधानमन्त्री ओली प्रतिनिधिसभाका सदस्य रहेका र उनले प्रतिनिधिसभा विघटन हुँदा पनि पहिलो प्रतिनिधिसभा सदस्यकै हैसियतमा रहेर प्रधानमन्त्री बनेकाले गर्दा अहिलेको सरकरालाई काम चलाऊ सरकार भनिनु उपयुक्त हुँदैन ।

प्रतिनिधिसभा विघटन हुँदा प्रधानमन्त्री ओली संसदीय दलमा बहुमतमै रहेका र संसदीय दलका नेता प्रधानमन्त्री बन्न सक्ने सम्वैधानिक व्यवस्था अनुसार नै उनी प्रधानमन्त्री भएका र प्रतिनिधिसभा विघटन हुनु अघि प्रधानमन्त्री माथि अविश्वासको प्रस्ताव समेत दर्ता नभएकाले गर्दा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काम चलाउ सरकार भनिनुपर्ने आवश्यकता देखिँदैन । माधव नेपाल प्रधानमन्त्री हुँदा उनले समेत मन्त्रिपरिषद्को हेरफेर गरेका थिए । उनले १३ महिना सरकारको नेतृत्व गरेर राजिनामा दिएका थिए । उनको राजिनामा राष्ट्रपतिबाट स्वीकृत भएपछि उनले काम चलाउ सरकार भएपनि मन्त्रिपरिषद्को हेरफेर गरेको इतिहास साक्षी रहेको छ ।

नेपालको राजिनामा स्वीकृतसँगै राष्ट्रपतिबाट अर्को सरकारको गठन नभएसम्म माधव नेपाल नेतृत्वको सरकारलाई काम चलाउन आदेश जारी भएको थियो । तर त्यसबेला र अहिलेको परिस्थिति अलग रहेको छ । राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गर्दा ओली सरकारका बारेमा केही नबोलेको हुनाले अहिलेको सरकार काम चलाउ सरकार हो भन्ने अनुमान लगाउने आधारहरु देखिएका छैनन् । संविधानमा समेत त्यस विषयमा कहिँ कतै केही उल्लेख नभएको अवस्थामा ओली नेतृत्वको सरकारले फुलफ्रेज रुपमै काम गर्न पाउने अवस्था देखिएको छ ।

प्रधानमन्त्रीले संसद विघटन गरेको विषयमा सर्बोच्च अदालतमा रहेको सम्वैधानिक इजलासमा मुद्दा चलिरहेको छ भने अस्तिमात्र प्रधानमन्त्रीले मन्त्रिपरिषद्को हेरफेर गरेको भन्दै सर्बोच्च अदालतमा रिट निवेदन परेको हुनाले त्यस विषयमा समेत अब सर्बोच्च अदालतबाटै निर्णय हुनुपर्ने आवश्यकता देखिएको छ । प्रतिनिधिसभा जिवितै रहँदा पनि प्रधानमन्त्रीले राजिनामा गरे भने स्वत काम चलाऊ सरकार रहने परम्परा रहेको तर्क एकथरीले गरेपनि त्यसमा कुनै कानुनी आधारहरु देखिएका छैनन् ।

निर्वाचन समेत घोषणा गरिएको अहिलेको अवस्थामा निर्वाचन आयोगले निर्वाचनका लागि आचारसंहिता जारी गरेपछि भने सरकारले राजनीतिक फाइदका लागि कुनै निर्णय गर्न पाउँदैन् । निर्वाचन आयोगको अनुमति लिएर सरकारले आवश्यक देखेका महत्वपूर्ण निर्णयहरु भने गर्न सक्ने परम्परा यस भन्दा अगाडि पनि भएको देखिन्छ । अहिलेको सरकार भनेको फुलफ्रेजकै सरकार भएकाले यसले मुलुकको हित र जनताको सेवाका लागि आवश्यक पर्ने जस्तोसुकै महत्वपूर्ण निर्णयहरु गर्न सक्छ किन कि राष्ट्रपतिबाट ओली नेतृत्वको सरकारलाई काम चलाउ सरकार भनिएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports