प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

७ सय १४ पालिकाको मतपरिणाम आउँदा कस्को कति ?

598
shares

काठमाडौं ।स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७१४ पालिकाको नतिजा सार्वजनिक भएको छ । जस अन्तर्गत नेपाली कांग्रेसले ३१४ पालिका जितेको छ भने नेकपा एमालेले १९२ पालिका जितेको छ । नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ५८ पालिका जितेका छन् ।

आइतबार बेलुका ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट तथ्यांक अनुसार नेपाली कांग्रेसले १२८ पालिकामा प्रमुख पद जितेको छ भने नौ पालिकामा अग्रता लिएको छ । नेकपा एमालेले ७१ पालिकामा प्रमुख पद जितेको छ भने १२ पालिकामा अग्रता लिएको छ ।

नेकपा माओवादी केन्द्रले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले नौ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता कायम गरेको छ । अन्य पार्टीले २८ पालिकामा प्रमुख पद जितेका छन् ।

गाउँपालिका तर्फ कांग्रेसले १८६ पालिकामा अध्यक्ष पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ । एमालेले १२१ पालिकामा अध्यक्ष पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अग्रता लिएको छैन ।

जनता समाजवादी पार्टीले २१ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अध्यक्ष पदमा अग्रता बनाएको छैन । यस्तै, अन्य पार्टीले ३० पालिकामा अध्यक्ष पद जितेको भने दुई पालिकामा अग्रता लिएको छ ।

कांगेसले १०१ पालिकामा उपप्रमुख पद जितेको छ भने आठ पालिकामा अग्रता लिएको छ । एमालेले ९५ पालिकामा उपप्रमुख पद जितेको छ भने १७ पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेर दुई पालिकामा अग्रता लिएको छ ।

जनता समाजवादीले ११ पालिकामा उपप्रमुख पद जितेर एक पालिकामा अग्रता कायम राखेको छ । अन्यले २० पालिकामा उपप्रमुख पद जितेका छन् भने तीन पालिकामा अग्रता लिएका छन् । कांग्रेसले १९० पालिकामा उपाध्यक्ष पद जितेको छ भने अग्रता लिएको छैन् । एमालेले १२२ पालिकामा उपाध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ ।

माओवादी केन्द्रले ९५ पालिकामा उपाध्यक्ष पद जितेको छ । कुनै पालिकामा अग्रता लिएको छैन । जनता समाजवादी पार्टीले १९ पालिकामा उपाध्यक्ष पद जितेको छ । कुनै पालिकामा अग्रता बनाएको छैन् । अन्यले २८ पालिकामा उपाध्यक्ष पद जितेका छन् ।

कांग्रेसले दुई हजार ५७२ वटा वडामा अध्यक्ष जितेर १० वटा वडामा अग्रता लिइरहेको छ । एमालेले दुई हजार ६२ वटा वडा जित्दा नौ वडामा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले एक हजार ३५ वटा वडामा अध्यक्ष जितेको छ । चारवटा वडामा उसले अग्रता लिइरहेको छ ।

जनता समाजवादी पार्टीले २८१ वटा वडामा अध्यक्ष जितेको छ भने एकवटा वडामा अग्रता लिइरहेको छ । अन्यले ५६४ वटा वडा जितेका छन् भने दुई वटामा अग्रता लिएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports