२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेनको वडा ९ मा उनलाई दोब्बर भन्दा बढी मत

936
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवार बालेन साह अन्य प्रतिस्पर्धी भन्दा निकै अगाडि देखिएका छन् । यो बालेनकै मतदाता नामावली भएको वडा हो ।

बालेनको घर काठमाडौं–९ गैरीगाउँमा रहेको छ । हालसम्म वडा नम्बर ९ को ७ हजार ४६९ वटा मतगणना भइसकेको छ । प्राप्त विवरण अनुसार बालेनले ३३१८ मत ल्याएर लिड गरिरहेका छन् ।

दोस्रोमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहको १३८२ भोट आएको छ । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले यस वडा बाट ११२० भोट ल्याएका छन् ।

यो वडाको मतगणना सकिन लागेको छ । हाल सम्म काठमाडौंका २० वडाको मतगणना सकिँदा बालेन अन्य प्रतिस्पर्धीहरु भन्दा १८ हजार बढी मतले अगाडि छन् । उनको जित लगभग निश्चित देखिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports