kumari
stcnepal

चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

काठमाडौं ।चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यालयका एक जना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले  बताए ।

आन्दोलित विद्यार्थीले कलेज र शिक्षण विरुद्ध नारावाजी पनि गरेका छन् । ती शिक्षकले ‘आफूले भने अनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ ।

‘के भएको भन्ने बारे बुझ्नलाई अहिले अभिभावक सहित शिक्षकहरु बीच छलफल गराउँदैछौं’ एसएसपी गिरीले भने ।

 

 

footer