kumari
stcnepal

नेकपा एसका केन्द्रीय सदस्य रानाले दिए राजिनामा

दाङ । नेकपा एसका केन्द्रीय सदस्य एवम् दाङ इन्चार्ज जोगबहादुर रानाले पद बाट राजीनामा दिएका छन् ।

गठबन्धनको तर्फ बाट तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवार बनेका रानाले पराजित हुने निश्चित भएपछि राजीनामाको घोषणा गरेका हुन् । उनले  सामाजिक सञ्जाल मार्फत चुनावमा आफूले अपेक्षित भूमिका निर्वाह गर्न नसकेकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले मुलुकको भविष्य नेकपा एसमै भएको र आगामी दिनमा नेकपा एसलाई ठुलो पार्टी बनाउन भूमिका खेल्ने समेत उल्लेख गरेका छन् ।

रानाले एमालेका उपमेयरका उम्मेदवार स्यानी चौधरी सँग साढे ८ हजार बढी मतले पराजित हुने निश्चित भइसकेको छ ।

 

 

footer