kumari
stcnepal

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित, उपमेयरमा एमालेको मञ्जुदेवी गुरुङ विजयी

काठमाडौं ।पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । गठबन्धनका तर्फ बाट उम्मेदवार बनेका आचार्य ५८८९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए ।

मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस)ले ३०३० मत पाएका छन् ।

उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत पाइन् ।

उपमेयरमा राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५६९९ मत पाएर तेस्रो भएकी छन् । विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाएका छन् ।

 

footer