बालेन साहको बिजय र्यालीको रूट यस्तो छ
वि.सं.२०७९ जेठ १२ बिहीवार १५:४९
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगी विजयी घोषणा हुन बाँकी रहेका प्रमुखका उम्मेदवार बालेन शाहको धन्यवाद र्यालीको रुट तय भएको छ ।
अन्तिम घोषणा भए लगत्तै राष्ट्रिय सभागृह बाट र्याली सुरु हुनेछ । त्यहाँ बाट भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालीमाटी बाट कलंकी पुग्नेछ । कलंकी बाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगल बाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गर्ने कार्यक्रम रहेको छ ।





































