२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदको रोष्ट्रम बाट ओलीको उदघोष, मेरो नाममा रिर्जभ बैकमा पैसा छ भन्ने व्यक्तिले त्यो पैसा लैजाउन

832
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण चलअलच सम्पत्ति राज्यलाई बुझाउने घोषणा गरिसकेको व्यक्ति माथि अनियमितताको आरोप लगाइएको भन्दै गुनासो गरेका छन् । साथै वाइड बडी, ३३ किलो सुनकाण्डको छानबिन गर्न पनि उनले चुनौती दिए ।

बिहीवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफू माथि अनियमितताको आरोप लगाउने पूर्वप्रधामन्त्रीहरूलाई सम्पत्ति राज्यलाई दिने घोषणा गर्न चुनौती समेत दिए । ‘एक जना पत्रकारले केपी ओलीसँग २ खर्ब रुपैयाँ छ भनेर एक जना विद्वान सँग अन्तर्वार्ता गरेको सुनें । ती विद्वानले पनि थाहा भए जस्तो गरेर २० देखि ४० अर्ब रुपैयाँ छ भने । उनले बडो एकिन साथ भने रिजर्भ बैंकमा छ भनेर,’ ओलीले भने, ‘म संसद्को रोस्ट्रम बाट भन्न चाहन्छु, मेरो नाममा रिजर्भ बैंकमा भएको पैसा तिनै व्यक्तिको नाममा सारिदेओस् ।’

भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगमले ओली सँग २० देखि ४० अर्ब रुपैयाँ रहेको दाबी गरेका थिए । संसद्मा ओलीले उनको नाम भने लिएनन् । ओलीले आफू र श्रीमतीको सम्पत्ति राज्यलाई दिने घोषणा गरिसकेको अवस्थामा कसैलाई भ्रष्टाचार गर्न छूट नदिने बताए ।

‘मैले चलअचल सम्पत्ति राष्ट्रको नाममा गरेको छु, आफ्नो सम्पत्ति राज्यलाई दिनेले अर्कोलाई किन खुवाउने ?’ ओलीले प्रश्न गरे ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports