kumari
stcnepal

नेकपा विभाजन पेचिलो बन्दै

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल, माधव नेपाल समूहले नेकपाका पहिलो नम्वरका अध्यक्ष केपी ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको थियो । दाहाल–नेपालका अनुसार बहुमत केन्द्रीय समितिका सदस्यहरुले गरेको निर्णयलाई अपडेट गरिदिन निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर निर्वाचन आयोगले माघ ११ गते निर्णय गर्दै नेपाललाई अध्यक्ष स्वीकार गर्न अस्वीकार गरेपछि अध्यक्ष चुनिएको एक महिना ४ दिनपछि नेपालको अध्यक्ष पद नै खोसिएको छ । उद्यारोमा कुनै सम्झौता नगर्ने भन्दै हातहाती सहमति हुनुपर्दछ भन्दै आएका नेपालको हाताहाती सहमतिमा भएको अध्यक्ष पद खोसिएपछि नेपाल तनावमा परेका छन् ।

निर्वाचन आयोगले नेपाललाई अध्यक्ष पदमा स्वीकार गर्न नसकिने निर्णय गरेपछि उक्त निर्णयलाई दाहाल–नेपाल पक्षले निर्वाचन आयोगको आग्रह भनेका छन् । माधव नेपालले समेत बहुमत सदस्यहरुले गरेको निर्णयलाई अस्वीकार गरेर निर्वाचन आयोगले पक्षपाती निर्णय गरेको आरोप लगाएका छन् । उनका अनुसार निर्वाचन आयोगले केपी ओली पक्षलाई सजिलो पारिदिने जुन निर्णय निर्वाचन आयोगले गरेको छ त्यो निर्णयले गर्दा निर्वाचन आयोगको नियत ठीक छैन भन्ने पुष्टि भएको छ भन्ने आरोप नेपालले लगाएका छन् । नेपालका अनुसार बहुमत सदस्यहरुले गरेको निर्णयलाई निर्वाचन आयोगले मान्नु पर्दछ कि पर्देन भन्दै निर्वाचन आयोग नै पक्षपाती भएको आरोप समेत लगाउँदै आएका छन् ।

केपी ओलीलाई ४ सय ४१ जना केन्द्रीय सदस्यले पार्टी अध्यक्षमा चुनेपछि बहमुत सदस्यले उनलाई हटाउन सक्ने भन्दै त्यसै अनुरुप हटाइएको बताउँदै आफूलाई बहुमत सदस्यले अध्यक्षमा चुनेकामा निर्वाचन आयोगले अध्यक्ष अस्वीकार गर्न सक्ने अवस्था नै नरहेको बताउँदै आयोगको निर्णयप्रति रोष समेत प्रकट गरेका छन् । दाहाल–नेपाल पक्षले निर्वाचन आयोगले त्रुटीपूर्ण निर्णय गरेको भन्दै आफ्नो निर्णयबारे पुनरावलोकन गर्न फेरी एक पटक आयोगमा निवेदन दिने भएका छन् ।

प्रतिनिधिसभा पुस ५ गते विघटन भईसकेको र निर्वाचनको मिति समेत तोकिसकेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी भित्र देखिएको विवादले गर्दा निर्वाचन नै प्रभावित हुन सक्ने अवस्था देखिएको छ । दाहाल–नेपाल पक्षले आफूहरु बहुमतमा रहेको भन्दै आएका भएपनि उनीहरु दल विभाजन सम्बन्धी ऐन अनुसार अघि बढ्न नचाहेको हुनाले नेकपा विभाजनले बैधाकिता पाउन सकेको छैन । बैधाकिन रुपले नेकपा विभाजन भई नसकेको भएपनि अनौपचारिक रुपमा नेकपा विभाजित भई सकेको छ ।

केपी अ‍ोली पक्ष र दाहाल नेपाल पक्षले आफूहरु नै बैधानिक नेकपा भएको बताउँदै आएपनि निर्वाचन आयोगले भने नेकपा सिँगो भएको निर्णय गरेको छ । पार्टी विभाजनको भारी बोक्न दुवै पक्ष तयार नभएकोले गर्दा अब दुई पक्ष मध्येका एक पक्ष अदालतमा गएर अदालतबाटै निर्णय गराउनु बाहेक उनीहरुसँग अर्को विकल्प देखिँदैन कि त दुवै पक्ष फेरी एकै ठाउँमा आउन सक्नुप¥यो त्यो अहिले नै सम्भव देखिँदैन त्यही कारण नेकपा विभाजन पेचिलो बन्दै गएको छ ।

footer