सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजासहितको लोकतन्त्र भन्न थाले मन्त्री

442
shares

काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले भनेका छन्–राजा रहने परम्परा पुनः स्वीकार गर्न सकिन्छ । सरकारले दरवारको दक्षिण दरवारमार्गमा आज गर्ने आमसभाका लागि २१ गते राजधानीमा निकालेको युवाहरुको मोटरसाइकल र्‍यालीमा १० हजार सहभागी भएपछि प्रचण्ड माधव कित्ता आत्तिन पुगेको छ भने त्यो भीड देखेर केपी ओलीको ख्याती आँकलन गर्न सकिन्छ ।

त्यसमाथि प्रचण्ड माधवले लिएको आगजनी, हिंसाको मार्गले सरकारको निर्वाचन गराउने कदमप्रति ह्वात्तै समर्थन बढेर गएको छ ।

यसैवीच आज ओलीको बागमती प्रदेशले दरवारकै ढोकामा गर्ने आमसभामा ३ कुराको घोषणा गर्ने हल्लीखल्ली मच्चिएको छ । कतै हिन्दुराष्ट्र र संघीयताको खारेजी र जनताको पक्षमा राहतको ठूलै प्याकेजको घोषणा गर्ने हो कि भन्ने चर्चा पनि बढेको छ ।

मन्त्री कृष्णगोपाल श्रेष्ठले जननेता मदन भण्डारीको चर्चित भाषणको एक अंशको अडियोसहित प्रचारमा सार्वजनिक भएका छन्– उक्त अडियो क्लिपमा भण्डारीले प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने ग्यारेन्टी गरे राजा रहने परम्परालाई कायम राख्न सकिने संकेत दिएका छन् । स्मरणीय छ, कृष्णगोपाल श्रेष्ठ प्रधानमन्त्री केपी ओलीका साह्रै विश्वासपात्रमध्येका हुन ।

यो अडियोमा मदन भण्डारीले भनेका छन्– ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर भए पनि यदि जनतालाई सर्वशक्तिमान बनाउने, प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने ग्यारेन्टी गरिन्छ भने राजतन्त्र ठूलो आपत्तिको कुरा हुनेछैन । यसकारणले ठूलो आपत्तिको कुरा हुनेछैन किनभने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ ।’

के ओली हिन्दुवादी र राजतन्त्रवादी बनेर इतिहास पुरुष बन्न खोजेका हुन् त ? यस्तो निर्णय गरे भने केपी ओलीले देशभक्तिको इतिहास रच्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports