विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हवाई दुर्घटनामा परेका सबैको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पुर्याईयो

546
shares

काठमाडौं ।मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाको बाँकी शव ल्याइएको छ।

दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टर मार्फत् काठमाडौंको त्रिभुवन विमानस्थल ल्याइएको हो। त्यसपछि शव पोस्टमर्टमका लागि महाराजगन्ज स्थित शिक्षण अस्पताल ल्याइएको हो। दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए।

आइतबार पोखरा बाट मुस्ताङ तर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबार देखि सम्पर्क विहीन जहाज सोमबार बिहान मात्रै फेला परेको थियो।

सोमबार काठमाडौं ल्याएका १० शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो। शवहरू पोष्टमर्टम गरेपछि परिवारजन तथा आफन्तको जिम्मा लगाउने तयारी छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports