राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा
वि.सं.२०७९ जेठ १७ मंगलवार १७:३२
shares

कर्णाली ।राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुगेकी छन् ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल बडीमालिका जाने कार्यक्रम अनुसार उनी मंगलबार सुर्खेत आएकी जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी मंगलबार १:४५ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत आइपुगेको जानकारी दिए ।
उनी नेपाली सेनाको सुर्खेत स्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरा तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह सुर्खेतको पर्यटकीय स्थल काँक्रेविहार अवलोकन गर्नेछिन् ।



































