प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा घट्यो एलपी ग्यासको मूल्य

572
shares

काठमाडौं ।भारतमा एलपी ग्यासको मूल्यमा गिरावट आएको छ । पेट्रोल र डिजेलको मूल्य घटाइएपछि भारत सरकारले एलपी ग्यासको मूल्य पनि घटाएको हो ।

इण्डियन आयल कर्पोरेसनले आज (बुधवार) जारी गरेको नयाँ मूल्य सूची अनुसार १९ किलोको एलपी ग्यासको कमर्शियल सिलिण्डरको मूल्यमा १३५ भारतीय रुपैयाँ सस्तो भएको छ । मूल्य घटेपछि अब दिल्लीमा २ हजार ३५४ भारतीय रुपैयाँ पर्ने एलपी ग्यास २ हजार २१९ भारतीय रुपैयाँमा पाइने भएको छ ।

गत १ मेमा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय रुपैयाँ वृद्धि गरिएको थियो । कम्पनीले घरेलु प्रयोजनका लागि भने एलपी ग्यासको मूल्यमा कुनै फेरबदल गरेको छैन । यसअघि भारतीय सरकारले जनतालाई महंगीको मार कम गर्न प्रति सिलिण्डर ग्यासमा २ सय रुपैयाँ छुट दिने घोषणा गरेको थियो ।एजेन्सी

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports