kumari
stcnepal

भारतमा घट्यो एलपी ग्यासको मूल्य

काठमाडौं ।भारतमा एलपी ग्यासको मूल्यमा गिरावट आएको छ । पेट्रोल र डिजेलको मूल्य घटाइएपछि भारत सरकारले एलपी ग्यासको मूल्य पनि घटाएको हो ।

इण्डियन आयल कर्पोरेसनले आज (बुधवार) जारी गरेको नयाँ मूल्य सूची अनुसार १९ किलोको एलपी ग्यासको कमर्शियल सिलिण्डरको मूल्यमा १३५ भारतीय रुपैयाँ सस्तो भएको छ । मूल्य घटेपछि अब दिल्लीमा २ हजार ३५४ भारतीय रुपैयाँ पर्ने एलपी ग्यास २ हजार २१९ भारतीय रुपैयाँमा पाइने भएको छ ।

गत १ मेमा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय रुपैयाँ वृद्धि गरिएको थियो । कम्पनीले घरेलु प्रयोजनका लागि भने एलपी ग्यासको मूल्यमा कुनै फेरबदल गरेको छैन । यसअघि भारतीय सरकारले जनतालाई महंगीको मार कम गर्न प्रति सिलिण्डर ग्यासमा २ सय रुपैयाँ छुट दिने घोषणा गरेको थियो ।एजेन्सी

 

footer