प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इन्टरनेटको मूल्यमा आउला त कमी ?

624
shares

काठमाडौं ।सरकारले बजेटमा दूरसञ्चार सेवा शुल्क घटेको घोषणा गरे सँगै इन्टरनेटर सेवा प्रदायकहरूले मूल्य सामान्य रूपमा घट्ने भएको छ । यद्यपी सरकारले घटाएको शुल्कले इन्टरनेटको मूल्यमा तात्विक फरक नपर्ने इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जनाएको छ ।

‘सरकारले गरेको कर परिवर्तनले लगभग १७ रुपैयाँ मात्र कम हुन्छ,’ आइस्पानले भनेको छ, ‘यसले अहिलेको इन्टरनेट मूल्यमा तात्विक फरक पर्ने छैन ।’ अर्थमन्त्री जनार्दन शर्माले बजेट मार्फत दूरसञ्चार सेवा शुल्कमा ३ प्रतिशत घटाएको घोषणा गरेका थिए ।

जसअनुसार इन्टरनेटमा लाग्दै आएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क १० प्रतिशतमा झारिएको थियो । १३ प्रतिशत सेवा शुल्कले उपभोक्ताले ६५ रुपैयाँ तिर्नु पथ्र्यो तर अब भने यो शुल्क ५० रुपैयाँ हुने संघले जनाएको छ । यस हिसाबले हेर्दा इन्टरनेट शुल्कमा १६ रुपैयाँ ९५ पैसा मात्र कमी आएको संघको भनाइ छ ।

यसबाहेक अन्य शुल्क भने यथावत रहेको छ । दूरसञ्चार सेवा शूल्क बाहेक हाल इन्टरनेट शुल्क भनेर ५०० र मर्मत सम्भार शुल्क ५ सय रुपैयाँ लाग्छ । बजेटले घोषणा गरेको छुट भन्दा अघि १ हजार २ सय ३ रुपैयाँ तिर्नुपर्नेमा ३ प्रतिशत घटेपछि १ हजार १ सय ८६ रुपैयाँ भएको संघले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports