प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंलाई बस्न, घुम्न, हेर्न र हिँडडुल गर्न सक्ने राजधानी बनाउनुपर्नेमा जोड दिनुपर्छ : सांसद जीवनराम श्रेष्ठ

624
shares

काठमाडौ् । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले काठमाडौं वासी नै प्रधानमन्त्री र महत्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे। उनले सरकारको ध्यान राजधानी बनाउने कुराहरुमा जान नसकेको पनि बताए । सांसद श्रेष्ठले काठमाडौंलाई बस्न, घुम्न, हेर्न र हिँडडुल गर्न सक्ने राजधानी बनाउनुपर्नेमा जोड दिए । उनले काठमाडौं जस्तो सांस्कृतिक शहरलाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउनुपर्नेमा जोड दिए ।

‘राजधानीलाई बनाउने कुरामा एकीकृत ढंग बाट योजना ल्याउने, देशका पूर्वाधार गर्ने कुराहरु गर्नुपर्छ । आजपनि राजधानीको बीच सडकमा पानी जम्ने, घर भित्र पानी पस्ने, जसले जनजीवन अस्तव्यस्त बनाइरहेको छ ।’ उनले भने, ‘राजधानीमा ५ मिनेट हिँडेर घुमौँ भन्ने वातावरण छैन । हामी समृद्धिका कुरा गरिरहेका छौँ । तर आज राजधानी बनाउने कुरा गर्दैनौँ भने हाम्रो देश बनाएका छौँ भनेर कसैलाई पनि भन्न सक्दैनौँ ।’ सांसद श्रेष्ठले काठमाडौंमा र्‍यापिट ट्रान्जिट खालका बसको सिस्टम अघि बढाउन पनि सरकार सँग आग्रह गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports