विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्रिकेट विश्वकप लिग– दुई अन्तर्गतको सिरिजमा नेपाल अमेरिकाको अल स्टार्स सँग पराजित

533
shares

काठमाडौँ ।आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुई अन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकाको अल स्टार्स सँग पराजित भएको छ ।

अमेरिकाको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा गए राति भएको  खेलमा नेपाली टोली अमेरिकामा रहेका पूर्वखेलाडीको क्लब अल स्टार्स सँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

अल स्टार्सको जितमा विपुल शर्माले सर्वाधिक ५० रनको योगदान दिए भने एन्ड्रिज गौसले ४५ रन जोडे । त्यस्तै गौरभ बजाजले अविजित ४० रन बनाए । बलिङ तर्फ नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउँदै १९० रन जोडेको थियो । नेपालका आरिफ शेखले सर्वाधिक ६० रनको योगदान दिए भने विनोद भण्डारीले २६ तथा करण केसीले २१ रन बनाए ।

बलिङ तर्फ अल स्टार्सका मार्टिन कैनले तीन विकेट लिए । मोहम्मद इलायस र आदिल भाटीले दुई–दुई विकेट लिए । अब नेपालले दोस्रो अभ्यास खेल शनिबार अमेरिकाको ह्युस्टन हरिकेन्स क्लबसँग खेल्नेछ । रासस

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports