प्रचण्डको माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन निर्देशन
वि.सं.२०७९ जेठ २० शुक्रवार ११:१६
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन कर्णाली प्रदेशका पालिकामा माओवादी बाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा आएका पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखहरु आज पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार स्थित निवासमा गएका थिए ।
भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले कर्णालीमा स्थानीय चुनावको परिणाम माओवादीले अपेक्षा गरे अनुसारको नभएको भन्दै आगामी दिनमा पहिलो पार्टी बनाउन आजै देखि योजनावद्ध रुपमा लाग्न निर्देशन दिएको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।
कर्णाली प्रदेशका पालिकामा विजयी जनप्रतिनिधिहरुले आजै माओवादी केन्द्रका नेता समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा सँग पनि भेटघाट गरेका छन् ।


































