विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कलाकारलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्नको लागि पहल गर्ने मन्त्री आलेको प्रतिबद्धता

533
shares

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्नको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल चलचित्र संघको ४७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री आलेले अन्य विशिष्ट व्यक्तिलाई जस्तै कलाकारलाई पनि यस्तो सुविधा दिने तर्फ प्रयत्न गर्ने बताए ।

‘सोमबार मन्त्रालयमा आउनुस्, म गृह मन्त्रालयलाई चिठी लेखेर पठाउँछु’ आलेले भने, ‘सञ्चार मन्त्रालयले मलाई यसबारे जानकारी दिइसकेको छ । म यसबारे फाइल अघि बढाउँछु ।’सरकारले परिचत्र पत्र दिएका विशिष्ट कलाकारले मात्र विमानस्थलमा विशिष्ट कक्षको प्रयोग गर्न पाउने समेत मन्त्री आलेले बताए । चलचित्र विकास बोर्डले यसबारे संचार मन्त्रालयमा यसअघि नै मागपत्र बुझाइसकेको छ । नेपाललाई फिल्म छायांकनको गन्तव्यको रुपमा विकास गर्न आफूले चलचित्रकर्मी सँग सहकार्य गर्ने बताउँदै मन्त्री आलेले कोभिड-१९ को महामारीका कारण प्रभावित फिल्म हललाई विद्युतको डिमान्ड शूल्कमा छुट दिलाउने प्रस्ताव आफूले मन्त्रिपरिषद बैठकमा लैजाने समेत बताए ।

सो अवसरमा मन्त्री आलेले अभिनेता तथा निर्देशक नीर शाह, अभिनेता शिव श्रेष्ठ लगायतलाई सम्मान प्रदान गरे । साथै, वितरक गोपाल कायस्थ, संघका कर्मचारीद्वय हुतराज शर्मा र विक्रम राईलाई सम्मान प्रदान गरिएको छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्म र पर्यटनलाई जोड्ने तर्फ पहल गर्न मन्त्री आलेलाई आग्रह गरे । वरिष्ठ निर्देशक नीर शाहले अहिलेको अवस्थामा फिल्मकर्मी एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताए ।साधारणसभाले नयाँ नेतृत्व र कार्यसमिति चयन गर्नेछ । चलचित्र हलहरुको छाता संस्था रहेको चलचित्र संघका सदस्यहरु सभामा भाग लिन राजधानीमा भेला भएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports