विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिल्ला समन्वय समिति डोटीका सबै पदाधिकारी निर्विरोध निर्वाचित

585
shares

डोटी ।जिल्ला समन्वय समिति, डोटीका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हुँदा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । ‘हामीले आज (शनिबार) उम्मेदवारी दर्ता गर्ने र २३ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थियौं’ सहायक निर्वाचन अधिकृत बसन्तराज पाध्यायले भने ‘आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हुँदा सबै पदहरुमा निर्विरोध निर्वाचित भएका छन् ।’

जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह निर्वाचित भएका छन् । सिंह आदर्श गाउँपालिका–५ बाट ५ सय ६१ मत सहित गाउँ सभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै स्मृति चुनारा निर्वाचित भएकी छन् । पूर्वीचौकी गाउँपालिका–७ बाट ७ सय २८ मत सहित गाउँसभा सदस्यमा निर्वाचित चुनारा समन्वय समितिमा निर्विरोध निर्वाचित भएकी हुन् ।

खुला सदस्यमा रामबहादुर खड्का, ठक्कर बोहरा र नरेशबहादुर खड्का निर्वाचित भएका सहायक निर्वाचन अधिकृत पाध्यायले बताए । महिला सदस्यहरुमा दीपा खड्का, शान्ता भुल र निर्मला भुल र दलित सदस्यमा झगडी कामी निर्वाचित भएका पाध्यायले जानकारी दिए ।

९ स्थानीय तह रहेको डोटीमा कांग्रेसले प्रमुख र उपप्रमुख गरेर १५, एमालेले २ र माओवादी केन्द्रले एक जितेको छन् । स्थानीय तह निर्वाचनमा एक्लै लडेको कांग्रेसले जिल्ला समन्वय समिति पनि एक्लैले बनाएको छ । जिल्ला समन्वय समितिमा जिल्लाका नौ वटै पालिका बाट प्रतिनिधित्व भएको छ । संविधान अनुसार जिल्ला सभामा जिल्ला भित्रका पालिकाका प्रमुख उपप्रमुखहरु रहने व्यवस्था छ । जिल्ला सभाले निर्वाचन मार्फत गाउँ/नगर सभाका सदस्यहरु मध्ये बाट जिल्ला समन्वय समिति छान्ने व्यवस्था रहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports