प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिका भ्रमणमा रहेको नेपाली टिमका दुवै ओपनर चोटग्रस्त

637
shares

काठमाडौं ।आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिका र ओमान सँगको शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टिमका दुवै ओपनर चोटग्रस्त भएका छन् । कुशल भुर्तेल र आसिफ शेख अभ्यास र अभ्यास खेलका क्रममा चोटग्रस्त भएको नेपाल क्रिकेट संघका सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

नेपाल टिमका नियमित विकेटकिपर समेत रहेका आसिफको नेपाल अलस्टार विरुद्दको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । उनी शनिबार भएको नेपाल र ह्यूस्टन हुरिकेन्स बीचको खेलमा टिममा थिएनन् । कुशललाई सोही खेलमा फिल्डिङका क्रममा ह्याम्स्ट्रिङ समस्या भएको मल्लले जानकारी दिए । ‘आसिफको घुँडाको सिटी स्क्यान र एमआरआई भइसकेको छ । विस्तृत रिपोर्ट आएपछि खेल्न सक्ने-नसक्ने थाहा लाग्छ,’ मल्लले भने ।

विश्वकप लिग टू अन्तर्गतको शृंखला जेठ २६ देखि सुरु हुँदैछ । नेपालले जेठ २६ गते ओमान, २८ गते अमेरिका, ३१ गते ओमान र असार १ गते अमेरिका विरुद्द खेल्दैछ । १४ जना खेलाडी सहित अमेरिका पुगेको नेपाल टिम दुई मुख्य खेलाडी चोटग्रस्त बनेपछि अप्ठेरोमा परेको छ । दुवैले खेल्न नसक्ने भएमा के गर्ने भन्ने बारे क्यानले छिट्टै निर्णय गर्ने कार्यवाहक सचिव मल्लले जानकारी दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports