नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ता माथी प्रहरीको लाठी चार्ज
वि.सं.२०७९ जेठ २४ मंगलवार १७:४९
shares

काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा निस्किएका युवासंगका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले उनीहरु माथि लाठीचार्ज गरेको हो । नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि युवा संघका कार्यकर्ताले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गर्न सुरु गरेको थियो ।
इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेर सरकार विरोधी नरा लगाएका थिए । यातायात व्यवस्था विभागले मंगलबारनै सूचना जारी गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको जनाएको थियो ।





































