राप्रपा नेपालले भन्यो नागरिकतालाई सहज बनाऔ
वि.सं.२०७९ जेठ २४ मंगलवार १७:५५
shares

काठमाडौं ।राप्रपा नेपालले जन्मसिद्ध नेपाली नागरिक बाट जन्मिएका सन्तानलाई सहज र सरल रुपमा नागरिकता उपलब्ध गराउन सरकार सँग माग गरेको छ । जनकपुरमा भएको मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले यो सहित ८ वटा निर्णय गरेको हो । साथै राप्रपा नेपालले रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई आग्रह गरेको छ ।
‘वन, वन्यजन्तु र पर्यावरणको संरक्षण सुनिश्चित गरि तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउन यो भेला सरकारसँग आग्रह गर्दछ,’ सार्वजनिक निर्णयमा भनिएको छ, ‘नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नाले सर्वसाधारण जनतालाई ठूलो मर्का परेको छ । यसबाट सबै उपभोग्य वस्तुहरुको मूल्य बढ्न गएको छ । त्यसर्थ, सरकारले विभिन्न नाममा उठाउँदै आएको कर हटाएर भए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन यो भेला सरकार सँग माग गर्दछ ।’
































