विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तेजाब र रेल्वे विधेयक संसदमा लैजान मन्त्रिपरिषद्को स्वीकृति

611
shares

काठमाडौं ।सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणले बताए ।

यसअघि अध्यादेशको रुपमा जारी भएको उक्त विधेयक निस्क्रिय भएको थियो । त्यसै गरी, सरकारले रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन विधेयक पनि संसदमा पेश गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको छ । सरकारले जारी गरेको अध्यादेशको आधारमा जनकपुर–जयनगर रेल सञ्चालन भइरहेको छ ।

विश्व बैंक बाट हरित उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने करीब १२ अर्ब रूपैयाँको सहुलियत ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ । सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षकमा चन्द्रप्रकाश मैनालीलाई बढुवा नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषदबाट भएको गृहमन्त्री खाणले बताए ।

त्यसैगरी, सरकारले प्रहरी नायव महानिरीक्षकहरू उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएको गृहमन्त्रीले खाणले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports