सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहाल कै कारण नयाँ सरकार निर्माण नहुने

533
shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनयता देखि एउटै कुरा फलाक्दै आउनुभएको छ । संसदको पुर्नस्थापना हुँदा माधव नेपाललाई लड्डु खुवाए नेपालले दाहाललाई लड्डु खुवाएकै दिन उनले उद्घोष गरे अबको एक हप्ता भित्रमा प्रधानमन्त्री केपी ओलीको बर्हिगमन हुन्छ भनेर । तर संसद पुर्नस्थापना भएको झण्डै दुई महिना पुग्न लाग्दा पनि नयाँ सरकार बन्न सक्ने अवस्था देखिएको छैन । संसद विघटन हुँदा प्रतिगमन भयो भन्ने दाहाल, नेपाल पक्षले किन आजसम्म कुनै ठोस निर्णय गर्न सकिरहेका छैनन् ? कानुनी रुपमा माधव नेपाल नेकपा एमालेकै वरिष्ठ नेता रहेपनि एमालेलाई कमजोर अवस्थामा पुर्याएका थिए । दाहालले नेकपा एमालेभित्र खेलेर त्यसको फाइदा उठाउन खोज्दा अहिलेको अवस्था सिर्जना भएको हो ।

प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफूलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन् । कानुनी रुपमा अहिले पनि माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन दिएको छ । तर किन दाहालले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेका छैनन् त ? माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा ओली सरकार अल्पमतमा पर्ने निश्चित छ । प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लेऊ राजिनमा दिन्छु भनिरहेका छन् । तर दाहालले लाजै पचाएर सत्तारुढ दलकै हैसियतमा बसिरहेका छन् । एकातिर प्रधानमन्त्रीको राजिनमा पनि माग्ने अनि अर्कोतिर आफैँले दिएको समर्थन पनि फिर्ता लिन नसक्ने अनि सत्तारुढ दलकै हैसियतमा पनि रहिरहने यो कस्तो नैतिकता ? नयाँ सरकार निर्माण गर्न पनि नसक्ने अनि दिनहुँ प्रधानमन्त्रीको राजिनमा माग्दै हिड्ने ? यदि दाहालमा तागत भए प्रधानमन्त्री ओलीका विरुद्ध ससदमा अविश्वासको प्रस्ताव राखेर अविश्वासको प्रस्ताव पारित गरि ओलीलाई हटाउन दाहाललाई कसले रोकेको छ ? प्रत्येक दिन अबको केही दिनभित्रैमा नयाँ सरकार बन्दछ भन्दै हिड्नुको औचित्य अब के बाँकी रह्यो त ?

मुलुकलाई संकटपूर्ण अवस्थामा पुर्याउने काममा माओवादी केन्द्र नै लागि परेको हुनाले माओवादी केन्द्रका केही वरिष्ठ नेताहरुले माओवादी केन्द्र नै त्याग गरी सकेका छन् । माओवादी केन्द्रका हस्तीहरु रामबहादुर थापा, टोप बहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट सहितका धेरै नेताहरुले माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरिसकेको अवस्थामा केन्द्रका अध्यक्ष दाहाल अझै संकटमा पर्दै गएका छन् । माओवादी केन्द्रको हैसियतले मात्र प्रधानमन्त्री ओलीलाई हटाउन सम्भव छैन । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एकै ठाउँमा नआएसम्म नयाँ सरकार निर्माण हुन सक्दैन । माओवादी केन्द्रका अध्यक्ष दाहालले पटक पटक अन्य पार्टीहरुलाई धोका दिएका हुनाले कांग्रेस र जसपाले दाहाललाई विश्वास गर्न नसकेकै कारण नयाँ सरकार निर्माण हुन सक्ने अवस्था नदेखिएपछि अध्यक्ष दाहालमा अझ छटपटी बढ्दै गएको छ । जसपाले नेकपा एमालेलाई नै समर्थन गर्ने भएपछि दाहाल पानी बेगरको माछा जस्तो बन्न पुगेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports