सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव समूहको दाहालसँग साँठगाँठ

520
shares

काठमाडौं । पछिल्ले समयमा केही ठुला सञ्चार माध्यमहरु प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका विरुद्ध खुलेर भ्रम सिर्जना गर्न लागि परेका छन् । सरकारले गरेका राम्रा कामहरुलाई ओझेलमा पारेर जनतामा भ्रम फैल्याउने काम समेत हुँदै आएको प्रष्ट रुपमै देखिएको छ । सञ्चार माध्यमको काम भनेको जनतालाई सही सूचना दिनु नै हो, त्यो विश्वव्यापी सिद्धान्त समेत हो । केपी ओली नेतृत्वको सरकारले जनताले चाहेजति काम गर्न नसकेको सत्य वास्तविकता भएपनि सरकारले कामै गरेको छैन भन्ने होइन । विकास निर्माणका कार्यहरु भएका छन, भूकम्पबाट ध्वस्त भएका संरचनाहरु निर्माण भएका छन् भने कतिपय निर्माणधिन अवस्थामै रहेका छन् । कोरोना भाइरसका कारण सरकारले आफ्नो ध्यान कोरोना भाइरसलाई नियन्त्रण गरी जनताको ज्यान बचाउने कार्यमा लगाउनु परेकोले अन्य क्षेत्रमा सरकारको ध्यान जान नसकेको जस्तो देखिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई रोक्न सरकारले निकै राम्रो प्रयास गरिरहेको छ । विकसित मुलुकहरुले गर्न सक्ने जति काम सरकारले गरेको विश्व स्वस्थ्य संगठनले नै जनाईसकेको छ ।

तत्कालिन नेकपाभित्रको आन्तरिक द्वन्द्वले गर्दा द्वन्द्व व्यवस्थापन गर्न मै प्रधानमन्त्रीको समय वितेको जस्तो देखिएको थियो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण पश्चात् एक वर्षसम्म सरकारले सन्तोषजनक रुपमा काम गरेको भएपनि त्यसपछि नेकपा एमालेमा भएका गुट उपगुटहरुकै कारण सरकार अलमलमा परेको थियो । पार्टीभित्र बहुमत र अल्पमत भन्दै पार्टीका दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहालले पार्टीका वरिष्ठ नेता माधव नेपाल सहितका अन्य केही नेताहरुको समर्थन लिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहेन गरि पार्टीबाट हटाएको अवस्थ थियो । बहुमत र अल्पमतका आधारमा पार्टी एकीकरण गरिएको थिएन । संविधानसभाको पहिलो निर्वाचना सबैभन्दा ठुलो पार्टी बन्न सफल भएको माओवादी केन्द्र संविधानको दोस्रो निर्वाचनमा पुग्दा तेस्रो ठुलो पार्टीमा खुम्चिन बाध्य भएको थियो । त्यही कारणले गर्दा दाहालले नेकपा एमालेसँग पार्टी एकीकरण गराएका थिए । पार्टी एकीकरण दाहालको लागि बरदान सावित भएको भएपनि दाहालमा प्रधानमन्त्री बन्ने भूत चढेको हुनाले नेकपाभित्र रडाको मच्चिएको हो ।

अदालतले फागुन २३ गते नेकपाको दर्ता नै खारेज गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा आएपनि अहिलेपनि दाहालले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसँग साँठगाँठ गरेर ओलीविरुद्ध खनिएकै कारण माओवादीका वरिष्ठ नेताहरुले दाहाललाई छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । माधव नेपाल सहितका अन्य केही नेताहरु माओवादी केन्द्रमा सहभागि हुन सक्ने भएपनि उनीहरुको सांसद पद गुम्ने डरले गर्दा कानुनी रुपमै नेकपा एमालेमै रहेर आफ्नै अध्यक्षको नेतृत्वमा सरकारका विरुद्ध खनिएका छन् । माओवादी केन्द्र छोडेर नेकपा एमालेमा गएका नेताहरुले सांसद पद नै गुमाएर दाहाललाई छोडे तर माधव नेपाल समूहले सांसद पद गुम्ने डरले नेकपा एमालेलाई छोड्न सकेका छैनन् भने उनीहरुको साँठगाँठ भने दाहालसँगै रहेको छ । माधव नेपालले उठाउँदै आएको विधि विधान र पद्दति भनेको यहि होला कि ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports