२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाणिज्य बैकका सीईओहरूलाई बोलाएर राष्ट्र बैकले दियो कारबाहि गर्ने चेतावनी

754
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बाेलाएर ऋणकाे दुरूपयाेग बढेकाे भन्दै सचेत गराएकाे छ । बैंक सुपरीवेक्षण विभागले आयाेजना गरेकाे छलफलमा विभाग प्रमुख देवकुमार ढकाल, डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिमल्सिना र बमबहादुर मिश्रले बैंकहरूले दिएकाे कर्जा उद्देश्य अनुसार प्रयाेग नभएको भन्दै बैंकहरूलाई ध्यान दिन निर्देशन दिएकाे एक बैंकरले बताए ।

छलफलकाे सुरुमा बैंक सुपरीवेक्षण विभागका निर्देशक सत्यन्द्र तिमल्सिनाले प्रिजेन्टेसन गरेका थिए । उनले बैंकहरूकाे कर्जाकाे अवस्था लगायतका तथ्यांक प्रस्तुत गरेकाे थिए । उनको प्रिजेन्टेसनमा सुपरभाइजरी फाइन्डिङ्स भन्ने विषयमा अडिटका क्रममा देखिएकाे त्रुटि र कर्जाकाे उद्देश्य पूरा नभएकाे भन्दै प्रश्न उठाएका थिए ।

छलफलमा क्रममा विभाग प्रमुख ढकालले साउन १ गतेदेखि नियामकीय व्यवस्था कार्यान्वयन नगर्ने बैंकहरू माथि कडा रूपमा प्रस्तुत हुने बताएका थिए । उनले जथाभाबी ब्याजद बढाउने लगानी याेग्य स्राेत नभएकाे अवस्थामा पनि जुनसुकै क्षेत्रमा कर्जा दिएर सीडी रेसियाे नपुर्‍याउने, सीआरआर, खुद तरल सम्पत्ति कार्यान्वयन नगर्नेजस्ता गतिविधि बैंकहरूले गरेकाे भन्दै बैंकका सीईओलाई सचेत गराए । उनले कर्जाकाे वर्गीकरण गलत तरिकाले भएकाले जाेखिम भार बढाएको पनि बताए ।

डेपुटी गभर्नर दुवैले बैंकहरूले ब्यालेन्स सिट देखाउनका लागि मात्रै बनाउने गरको बताए । एभर ग्रिनिङ गरेर निष्क्रिय कर्जा नदेखाउने र प्राेभिजन नगर्ने जस्ता कार्य भएकाे भन्दै त्यसाे नगर्न निर्देशन दिएका छन् । सुरुमा नै बाेलेका नियमन विभाग प्रमुख डा. गुणाकर भट्टले बैंकहरूमा नियामकीय व्यवस्था कार्यान्वयन नहुने क्रम बढिरहेकाे बताएका थिए ।

साउनपछि अहिले छुट पाउँदै आएका नियामकीय प्राेभिजनले निरन्तरता नपाउने भन्दै सीडी रेसियाे सीमामा नल्याउने बैंकलाई कारबाही गर्ने, पुँजीकाेष नपुर्‍याउने बैंकलाई नियामकीय कारबाी अगाडि बढाउने चेतावनी राष्ट्र बैंकले दिएकाे छ । अडिटका क्रममा अध्याधिक त्रुटि भेटिएकाे भन्दै बैंकरलाई त्यसमा सुधार गर्न राष्ट्र बैंकले निर्देशन दिएकाे छ ।

छलफलमा सहभागी बैंकर्सका अनुसार गभर्नरले केही दिनअगाडि बैंकका अध्यक्ष र अडिट हेर्ने सञ्चालकलाई बाेलाएर दिएकाे निर्देशन नै आज दुई विभागीय प्रमुख र दुवै डेपुटी गभर्नरले दिएका छन् । राष्ट्र बैंककाे सन्देश बैंकहरूले नउठेकाे कर्जाकाे प्रोभिजन नगरी ग्रिनिङ गरेर जाेखिम बढाएकाे राष्ट्र बैंककाे चासाे बढी देखिएकाे छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports