२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज देखि देशभर मतदाता नामावली संकलन कार्य पुनः सञ्चालन हुने

897
shares

काठमाडौं ।निर्वाचन आयोगले आज देखि देशभर मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्दैछ । आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि देशभर मतदाता नामावली संकन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने जनाएको हो ।

मतदाता नामावली संकलन सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा इलाका प्रशासन कार्यालय बाट हुने आयोगले जनाएको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने पनि आयोगले जनाएको छ ।

मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाण सहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याइने छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावली बाट हटाउनको लागि कुनै पनि व्यक्तिले प्रमाण सहित उजुरी दिएमा नाम दर्ता अधिकारीले छानविन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गरिने छ ।

यसैगरी, कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने । निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदन उपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाण समेत स्क्यान गरी पठाउने र कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिने छ ।

मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्स मार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो निवेदन उपर प्रमाण कागजात हेरी प्रमाण पुगेका आधारमा सम्बन्धित नाम दर्ता अधिकारीले नामावलीे अद्यावधिक गर्ने छ । २०७३/१०/२० भन्दा अघि दर्ता भई नागरिकतामा उल्लेखित ठेगाना भन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारी पाउन निजको मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा निजको नाम सो जिल्लाको मतदाता नामावली बाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्ने व्यवस्था मिलाइने छ ।

कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाई सरी गएको कारण मतदाता नामावली बाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम दर्ता अधिकारीले प्रचलित कानुन बमोजिम प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्था मिलाउने । यस्तो सूचनाको विवरण उपर निर्वाचन कार्यालयमा कुनै उजुरी परेमा सोको छानबिन गरी पेश भएको प्रमाण बमोजिम र उजुरी नपरेमा सोही बमोजिम निर्वाचन कार्यालयले नामावली अद्यावधिक गरिने छ ।

त्यस्तै, आयोगका अनुसार दोहोरो दर्ता नहुने तर्फ सचेत हुदै नाम दर्ता गर्ने व्यवस्था मिलाउने । कुनै मतदाताले दोहोरो नाम परेको भनी हटाउन निवेदन दिएमा जिल्ला भित्रको दोहोरो नाम नाम दर्ता अधिकारीले रूजू गरी अघिल्लो दर्तालाई हटाइ पछिल्लो पटक दर्ता भएको नाम मतदाता नामावलीमा कायम गरिदिने तथा फरक जिल्लाको हकमा आयोगमा लेखी पठाइने छ ।

फोटो सहितको मतदाता नामावली सङ्कलन भए बमोजिम आयोग बाट वितरण भएको मतदाता परिचय पत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको भए त्यस्तो व्यक्तिको नाम दर्ता गरिने छ । आयोगले मतदाता नामावली ऐन, २०७३ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता नगरिने जानकारी दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा हुने सम्भावना रहेकोले सो घोषणा हुनु पूर्व नै मतदाता नामावलीमा नाम संकलन गर्न योग्यता पुगेका सबै नागरिकहरुलाई आफ्नो नाम दर्ता गराउन आयोग अनुरोध गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports