प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपीमा प्रधानमन्त्री देउवाले हस्ताक्षर नगर्ने

663
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हितविपरीतका कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने बताएका छन् । सत्तारुढ पार्टीका नेताहरु सँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको हित विपरीत कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले सत्तारूढ दलका नेताहरू सँग स्पष्ट पारेको बताएका थिए । प्रधानमन्त्रीले त्यसअघि मंगलबार बेलुका सत्तारूढ दलका शीर्ष नेताहरू सँग छलफल गरेका थिए ।

बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र आफु बीच भएको छलफलमा प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको हित विपरीत कुनै पनि सम्झौता नगर्ने बताएका हुन् ।

नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफु बाट नहुने र अरु देशले चासो राखेर कसैले भनेपनि आफुले नमान्ने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको अध्यक्ष नेपालले बताए ।

त्यस्तै स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्काल हस्ताक्षर गर्ने कुनै तयारी नरहेको र अमेरिकाले पनि दबाब नदिएको गृहमन्त्रीले पनि जानकारी दिएको उनको भनाई छ । अध्यक्ष नेपालले अहिले सवैको गतिविधिहरुलाई नियाल्नुपर्ने भन्दै बाहिर फैलाइएको भ्रममा बारेमा बोल्न आवश्यक नरहेको धारणा राखेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports