प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपीलाई राष्ट्रियता सँग जोडेर एमालेले आक्रमण गर्न खोजेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको आरोप

572
shares

वीरगञ्ज ।नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीलाई राष्ट्रियता सँग जोडेर एमालेले आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । वीरगञ्जमा भएको पत्रकार भेटघाटमा उनले एमालेले आक्रमण गर्न खोजे पनि अहिले त्यो विफल भएको दावी गरे । ‘स्थानीय चुनाव हारेको अवस्थामा फरि कुनै एउटा राष्ट्रियता सँग जोडिएको मुद्दा खोजेर आक्रमण गर्दा सहज हुन्छ कि भनेर आक्रमण गरेका रहेछन्,’ उनले भने, ‘आरोप प्रत्यारोपको कुनै अर्थ छैन । सम्पूर्ण कुरा थाहा भइसकेको छ ।’

नेपाली कांग्रेस र कांग्रेसको नेतृत्वका सरकार नेपालको स्वार्थ र हितलाई केन्द्रित गरेर मात्रै परराष्ट्र नीति सञ्चालन गर्ने बताउँदै उनले स्टेट पार्टनरसीपको विषयमा पनि त्यसै हुने उनको दावी छ । स्टेट पार्टनरसीप प्रोग्राम कुनै सैन्य गठबन्धन नभएको दाबी गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहका उनले भने, ‘सैन्य गठबन्धन तर्फ उन्मुख हुन्छ कि भन्ने चासो र चिन्ता हुन्छ । त्यसलाई ध्यानमा राखेर सहभागी नहुने कुरा प्रधानमन्त्रीले भनिसक्नुभएको छ ।’

महतले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको आवश्यकता रहेकोमा जोड दिए । कुनै एउटा दलले पूर्ण बहुमत ल्याउने कुरा कठिन रहेको बताउँदै उनले चुनाव अघि नै गठबन्धनका लागि सहमति हुनुपर्नेमा जोड दिए । प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले चुनावपछि सरकार बनाउन दल खोज्दै हिँड्नु भन्दा अहिले नै गठबन्धन गरेको राम्रो हुने सुझाव दिए ।

स्थानीय तहमा भएको गठबन्धन तालमेलमा भएका कमीकमजोरीको समीक्षा गरेर कसरी अघि जाने भनेर निर्णय गर्नुपर्ने उनको भनाइ छ । केपी ओली सरकारले कोभिड–१९ को राम्रो सँग व्यवस्थापन गर्न नसकेको, भ्रष्टाचार बढेको र संवैधानिक मर्यादा कायम राख्न नसकेकोले गठबन्धन गरेको बताउँदै उनले त्यसको निरन्तरता आवश्यक रहेको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports