प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपी गर्ने दुस्साहस कहाँ बाट आयो भनेर खोजी गर्नुपर्छ : प्रदीप ज्ञवाली

520
shares

काठमाडौं ।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) गर्ने दुस्साहस कहाँबाट आयो भनेर खोजी गर्नुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा एमाले सांसद ज्ञवालीले संयुक्त राष्ट्रसंघको निलो हेल्मेट लगाएर बाहेक संयुक्त अभ्यास गर्ने गरिएको बताए । उनले अघि भने, ‘सैनिक साझेदारी, त्यसमा पनि यहाँ बेस राख्न मिल्ने गरी । यत्रो दुस्साहस कहाँ बाट पलायो होला ?’

सिंगो देश एक ठाउँमा उभिएकाले एसपीपी अस्वीकार गर्नेतिर गएपनि १० बुँदे मस्यौदालाई यत्तिकै बेवारिसे छोड्न नमिल्ने उनले बताए । कतै नेपाली सेनालाई कमजोर बनाउने षडयन्त्र त होइन भन्ने आशंका गर्दै पूर्व परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘यो कहाँ बाट आयो ? गम्भीरतापूर्वक खोजी गरिदिनुपर्छ ।’ साथै उनले आगामी दिनमा नेपाली सेनाले गर्ने यस्तो पत्रचारहरुमा परराष्ट्र लगायतका सरोकारवाला मन्त्रालयको राय अनिवार्य लिन निर्देशन दिनुपर्ने समेत बताएका छन् ।

 

साथै उनले महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिइएको गुनासो गरेका छन् ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सांसद ज्ञवालीले व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइएको बताए । तर महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिएर महाभियोग लगाएको लगाएकै गर्न खोजिएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports