प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समाजवादीको निर्णय अनुसार केही दिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुन्छ : जीवनराम श्रेष्ठ

715
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । मंगलबार नयाँबानेश्वर स्थित संघीय संसद भवनमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा एकीकृत समाजवादीको निर्णय अनुसार केही दिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताए ।

उनले मन्त्री परिवर्तन गर्नका लागि आ-आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताए । उनले मन्त्रि हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन हुने बताए । उनले भने, ‘जुन खालको हाम्रो संसदीय प्रणाली छ । त्यो भन्दा यताउता हुने कुरा हुँदै हुदैन । दुई, चार दिन ढिला, चाँडो हुने कुरा एउटा हुनसक्छ । चाडै नै हाम्रो पार्टीले गरेको निर्णय अनुसार नै प्रक्रिया अगाडी बढ्छ र हेरफेर हुन्छ । मलाई हाम्रो पार्टीको अध्यक्षले अब एक, दुई दिन भित्रमै हुन्छ भनेर जानकारी गराउनु भएको छ ।’

सांसद श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपालले एक, दुई दिन भित्रमा मन्त्रिपरिषद् हेरफेर हुने जानकारी आफूलाई गराएको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports