प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विदेश बाट फर्किएकालाई समेट्न माओवादी केन्द्रले छुट्टै संगठन बनाउने

780
shares

काठमाडौं । विदेशमा बसेर फर्किएकाहरुलाई समेट्न नेकपा माओवादी केन्द्रले छुट्टै संगठन बनाउने भएको छ ।

विदेश बाट फर्केर आउनेहरु ठूलो संख्यामा रहेकाले उनीहरुलाई पनि समेट्न आवश्यक ठानेर छुट्टै संगठन बनाउन खोजिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । नेकपा एमालेले विदेश बाट फर्कनेहरुलाई समेट्न रिटर्नी फेडेरेशन गठन गरेको छ । उपाध्यायले नाम कस्तो राख्ने र संरचना कस्तो हुने भन्ने बारे अहिले केही निर्णय नभएको भए पनि १५ गते बस्न लागेको केन्द्रीय समिति बैठकमा त्यस सम्बन्धी प्रस्ताव पेस हुने बताए ।

‘विदेश बाट फर्कनेको ठूलो संख्या भएकाले त्यसलाई समेट्नुपर्ने आश्यता नेताहरुले महसुस गर्नु भएको छ,’उपाध्यायले  भने, ‘यस सम्बन्धी ठोस प्रस्ताव केन्द्रीय समितिमा पेस भएर निर्णय हुन्छ।’ लामो समय विदेशमा बसेर आएकाहरुको सांगठनिक आवद्धता टुटिसकेको हुनाले त्यसलाई फेरि जोड्न पनि त्यस्तो संगठन आवश्यक रहने माओवादी नेताहरुको भनाइ छ ।संगठनको नेतृत्वको जिम्मा लामो समय विदेशमा रहेर आएका नेताहरुलाई दिने माओवादीको तयारी छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports