प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सेयर बजारसम्बन्धी नीति ल्याउँदा राष्ट्र बैंकले अर्थ मन्त्रालय मार्फत आन्तरिक समन्वय गर्नुपर्छ : धितोपत्र बोर्ड

598
shares

काठमाडौं ।धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजार सम्बन्धी नीति ल्याउनु अघि समन्वय गर्नुपर्ने बताएका छन् । लगानीकर्ताको आन्दोलन तथा पूँजी बजारको वर्तमान अवस्थाबारे बोर्डमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले पूँजी बजार, बीमा लगायतका क्षेत्रलाई प्रभावित हुने नीति एक पक्षीय हुनु नहुने बताए ।

‘कुनै पनि क्षेत्रलाई प्रभावित हुने गरी एक पक्षीय नीति आउनु हुन्न,’ बोर्ड अध्यक्ष हमालले भने, ‘राष्ट्र बैंकले अर्थ मन्त्रालय मार्फत आन्तरिक समन्वय गर्नुपर्छ ।’ वर्तमान अवस्थामा पूँजी बजार घट्नु विश्वभरिको ट्रेन्ड नै भएको भन्दै हमालले नेपालमा भने मौद्रिक नीतिको केही व्यवस्था तर्फ विज्ञहरुले संकेत गरेको बताए ।

‘बजार यो अवस्थामा हुँदा अप्ठ्यारो पर्नु साथीहरुलाई स्वभाविक नै हो । विश्वभरि नै सेयर बजार घटेको छ,’ हमालले भने, ‘ नेपालमो सवालमा मौद्रिक नीतिको ४/१२ को बाध्यता र १५० प्रतिशत ऋणको जोखिम भार पनि भएको विज्ञहरुले बताएका छन् । राष्ट्र बैंकको उक्त नीतिले बजार सेयर बेच्ने दबावमा गएको भन्ने छ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports