घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी
वि.सं.२०७९ असार ८ बुधवार १५:१६
shares

काठमाडौं ।घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘म बाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु ।’
उनले आफू माथि न्याय परिषद बाट छानबिनको माग पनि गरेका छन् । ‘म माथि न्याय परिषद बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।ठगीको आरोपमा मुद्दा चलेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको कुराकानी बाहिरिएको थियो । जसमा उनीहरुले पैसा लिएर तामाङलाई धरौटीमा छाड्ने बारेमा कुराकानी गरेको सुन्न सकिन्छ ।
तामाङको पक्षमा वकालत गरेका पोखरेलले तामाङलाई धरौटीमा छाड्न न्यायाधीशलाई सहमत गराउन खोजेको बुझ्न सकिन्छ ।




































