२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दोलखामा निर्माणाधीन पुल भत्कियो

1.01K
shares

काठमाडौं ।दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुलको टेका र फर्मा भत्किएको छ । यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडा सँग जोड्थ्यो । पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो । शनिबार ठाडो खोलामा आएको बाढीले भत्काइदिएको छ । तर प्राविधिक रुपमा गडबडीको शंका लागेपछि गाउँपालिकाले जेठ मसान्तमै काम रोक्न ठेकदारलाई निर्देशन दिएको थियो ।

विगु गाउँपालिकाका प्राविधिक शाखा प्रमुख एवम् सबइन्जिनियर सरोज खड्काले भने, ‘हामीलाई प्राविधिक गडबडी छ भन्ने शंका पहिल्यै थियो, त्यसैले काम रोक्नुस् भनेका थियौं । अहिले सानो पानीले नै क्षति पुग्यो ।’ टेको लगाउनु भन्दा अगाडि नै लेभल डाउन भएको देखेपछि काम रोक्न भनेको सबइन्जिनियर खड्काले बताए ।

३ करोड ४७ लाख लागत इस्टिमेट गरिएको यो पुल २ करोड १६ लाख रुपैयाँमा त्रिवेणी वानियाँ लाफा जेभीले ठेक्का सकारेर काम गर्दै आएको थियो । यो पुलमा सिंगटी हाइड्रोपावरको ८० प्रतिशत र बिगु गाउँपालिकाले २० प्रतिशत लगानी गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports